२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

रेशम चौधरीले नयाँ दल दर्ता गर्दै

काठमाडौँ । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त ठहर भई हाल जेलजीवन बिताइरहेका रेशम चौधरीले नयाँ दल दर्ता गर्न लागेका छन् ।

निलम्बित सांसद समेत रहेका चौधरीले आफ्नै नाममा नयाँ दल दर्ताको तयारी थालेका हुन् । यदि उनको नाउमा निर्वाचन आयोगले दल दर्ता गर्न नमानेमा वा नदिइएमा राज थारुको नाममा दर्ता गरिने जनाइएको छ ।

‘नागरिक उन्मुक्ति पार्टी’ नाम दिइएको उक्त नयाँ दलको नेतृत्व हाल राज थारुले नै गरिरहेका छन् । यद्यपि रेशम चौधरी मुख्य भए पनि उनी जेलमा रहेकाले वैकल्पिक नेतृत्व खडा गरिएको जनाइएको छ । यही पुस १९ गते सोमबारको दिन दल दर्ताको तयारी रहेको राज थारूले न्यूज २४ लाई बताए ।

दर्ताको लागि आइतबारदेखि मंगलबार सम्म तीन दिन काठमाडौँमा मुख्य स्थानहरूमा दलको ब्यानर, प्लेकार्ड तथा बाजागाजा सहित सांस्कृतिक झाँकी प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको उक्त पार्टीले जनाएको छ । यसका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन काठमाडौँका प्रमुख जिल्ला अधिकारीसामु पत्राचार समेत गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com