२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

दुई साता नवित्दै ‘स्पाइडर–म्यान :नो वे होम’ले कमायो १.१६ बिलियन डलर!

काठमाडौं । टम हल्याण्ड अभिनित फिल्म ‘स्पाइडर–म्यान स् नो वे होम’ सोनी पिक्चर्सको वल्र्डवाइड सबै भन्दा बढी कमाउने फिल्म बनेको छ । दर्शकमाझ रिलिजमा आएको दुई साता नबित्दै यो फिल्मले १.१६ बिलियन अमेरिकन डलरको कमाई गर्दै विश्वको सबै भन्दा बढी कमाई गर्ने फिल्म बनेको हो ।

यस फिल्मको अघिल्लो सिरिज ‘स्पाइडर–म्यान स् फार फ्रम होम’ ९२०१९०ले वल्डवाइड १.१३ बिलियन अमेरिकन डलरको कमाई गरेको थियो ।

गत मंगलबारसम्ममा टम हल्याण्ड, जेन्डाया, बेनेडिक्ट कम्बर्ब्याभ स्टारर् ‘स्पाइडर–म्यान : नो वे होम’ले घरेलु बक्सअफिसमा ५१६.४ मिलियन र अन्तर्राष्ट्रिय बक्स अफिसमा ६४४.९ मिलियन अमेरिकन डलरको कमाई गर्न सफल भएको छ ।

मंगलबारका दिन मात्रै पनि यो फिल्मले २८.४ मिलियन डलरको कलेक्शन गरेको थियो, भने सोमबार ३०.१ मिलियन डलरको कमाई गरेको बताइएको छ । जोन वाट्सद्वारा निर्देशित स्पाइडर–म्यान : नो वे होम ले नेपालमा पनि राम्रो कलेक्शन गरिरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com