२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्छ सांसद : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेताहरूले अमेरिकी मिलेनियम कर्पोरेशन (एमसीसी) खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।संसद भवन घेराउ गर्नेगरी शुक्रबार गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेमकिपाका सांसद प्रेम सुवालसहितका नेताले एमसीसी राष्ट्रहितविपरीत रहेकाले पारित गर्न नहुने बताएका हुन् ।

एमसीसी सम्झौताबाट देशलाई उपनिवेश बनाउन खोजिएको भन्दै उनले देशको बिजुली अमेरिकालाई दिने गरी सम्झौता भएको बताए ।

‘हाम्रो देशमा उत्पदित बिजुली नेपालीका लागिविना धुवाँ प्रदुषणको खाना बनाउन उपयोग गर्नुपर्छ । बिजुलीबाट चल्ने सवारीसाधन बनाउन, उद्योगहरु चलाउन, हिमाली पहाडी तराई सबै क्षेत्रका जनातालाई उज्यालो दिन प्रयोग गर्नु पर्छ त्यसैले एमसीसी पास गर्नु हुँदैन’ उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com