२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

तुलसीपुर उपमहानगर स्थानीय पाठ्यक्रम निर्माण गर्दै

दाङ । स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रम निर्माण गर्न तुलसीपुर उपमहानगरपालिकाले सरोकारवालासँग सुझाव मागेको छ । उपमहानगरपालिकाले आगामी शैक्षिक सत्र २०७९ देखि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रम लागु गर्ने गरी तयारी गरेको हो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जीवनउपयोगि शिक्षाका लागि स्थानीय विषय वस्तुमा आधारित पाठ्यक्रम लागू गर्न लागिएको बताए । उनले तुलसीपुरको संस्कृति, पर्यटन, कृषि, भाषा आदिमा रहेर पाठ्यक्रम तयार गरिने बताए ।

कक्षा १ देखि ८ सम्मका लागि स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रम तयार पार्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले बताए ।

उपमहानगरपालिकाले भौगोलिक तथा जनसंख्याको अवस्था, भाषा, संस्कृति, परम्परा, चाडपर्व, जातजाति, भेसभुसा, धर्म, प्राकृतिक सम्पदा, पर्यटकीय क्षेत्र, वातावरण, ऐतिहासिक तथा सांस्कृतिक संरचना, पर्यावरणीय सचेतना तथा प्राकृतिक तथा मानवजन्य प्रकोप न्यूनीकरण र विपद् व्यवस्थापन, सूचना र प्रविधिलगायतका विषयहरू पाठ्यक्रममा समावेश हुनेछन् ।

त्यस्तै शैक्षिक अवस्था, संरचनागत धारणा, पेसागत धारणा तथा सामाजिक रहनसहन र मूल्यमान्यता, कृषि व्यवसाय तथा पशुपंक्षी पालन, परम्परागत चिकित्सा एवं प्राथमिक उपचार विधि, उद्योग एवं कलकारखाना, खेलकुद लगायतका विषयमा पनि पाठ्यक्रममा समावेश गर्न सरोकारवालासँग सुझाव मागिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाले सरोकारवालाहरूसँग पहिलो चरणको अन्तरक्रिया गरेको हो । सरोकारवालाले व्यवहारिक शिक्षामा आधारित पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

एनप्याव्सन तुलसीपुरका अध्यक्ष भोजराज न्यौपानेले पाठ्यक्रम निर्माण गर्दा बालबालिकाहरूको भावनालाई कदर गर्नुपर्ने समेत बताए । त्यस्तै वातावरण विद् डिल्लीबहादुर रावतले पाठ्यक्रममा जैविक कुरालाई बढी जोड दिनुपर्ने बताए । उनले विद्यार्थीहरूलाई बढी माटोको बारेमा जानकारी गराउने खालले पाठ्यक्रम तयार गर्नुपर्ने बताए ।

साथै तुलसीपुर उपमहानगरपालिकाका अधिकृत झरेन्द्र खरेलले स्थानीय काष्ठकला, चित्रकला, पर्यटनलाई पनि समावेश गर्नुपर्ने बताए । शिक्षा विज्ञ मुकुन्द रिजालले हाजिरी अपडेट तथा विद्यार्थीको नियमिततालाई ध्यान दिनुपर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com