२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट नेकपा (एस) का १६ जना प्रस्तावित उम्मेदवारको नाम सिफारिस

काठमाडौं । राष्ट्रियसभामा रिक्त हुने सदस्य पदका लागि नेकपा (एकीकृत समाजवादी) ले कर्णाली प्रदेशबाट १६ जना प्रस्तावित उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेश सचिवालय कमिटीको बैठकले अन्य, महिला र अपाङ्गता कलस्टरका लागि पार्टी केन्द्रलाई उम्मेदवारका लागि प्रस्तावित नाम सिफारिस गरेको हो ।

पार्टीका कार्यालय सचिव वसन्त विश्वकर्माले पुरुषतर्फ नौ र महिलातर्फ सात जनाको नाम टुङ्गो लगाई केन्द्रमा पठाएको जानकारी दिए। उनका अनुसार उदय बोहरा (सल्यान), कृष्णबहादुर बुढा क्षेत्री (जाजरकोट) , टेकबहादुर खाँण (दैलेख) , देवीलाल थापा (जुम्ला), बरुनाथ योगी (दैलेख), लोकबहादुर हमाल (हुम्ला), शिवप्रसाद उपाध्याय (सुर्खेत), शेरबहादुर केसी (रुकुमपश्चिम), हंशबहादुर शाही (डोल्पा) लाई सिफारिस गरेको छ ।

त्यस्तै अछामपुरा मल्ल भाम (मुगु), कल्याणी खड्का (रुकुमपश्चिम), कृष्णकला पाण्डे (कालीकोट), रीता रावल (जाजरकोट), लक्ष्मी शर्मा (सुर्खेत), शान्ता शाही (जुम्ला), शारदा परियार (सल्यान) को नाम उम्मेदवारका लागि प्रस्ताव गरिएको छ । एकीकृत समाजवादीका प्रदेश कार्यालयका सचिव विश्वकर्माले प्रदेश कमिटीले पठाएका नाममध्येबाट पार्टी केन्द्रले अन्तिम उम्मेदवारको टुङ्गो लगाउने बताए।

राष्ट्रियसभामा यसपटक रिक्त हुने १९ मध्ये कर्णाली प्रदेशबाट तीन जना निर्वाचित हुनेछन् । कर्णालीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका रुकुमपश्चिमका ठकेन्द्र पुरी, हुम्लाका कविता बोगटी र कालीकोटका जीवन बुढाको पदावधि सकिँदैछ । पुरी हाल एकीकृत समाजवादी, बोगटी नेकपा (एमाले) र बुढा नेकपा (माओवादी केन्द्र)मा आवद्ध हुनुहुन्छ । कर्णाली प्रदेशमा ३५ जना प्रदेशसभा सदस्य र १५६ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १९१ मतदाता छन् ।

आगामी माघ १२ गते वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्य पदका लागि मतदान हुनेछ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यलाई निर्वाचन अधिकृत तोकिसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com