२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

स्थायीत्वका लागि राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्छ : डा भट्टराई

काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राष्ट्रपतीय प्रणाली आवश्यक भएको बताएका छन् । पाँचथरको यासोकमा जसपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै भट्टराईले स्थायीत्वका लागि राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने बताएका हुन् ।

‘स्थायीत्वको नारा दिएर तत्कालिन नेकपाले दुई तिहाइको सरकार चलायो, भट्टराईले भने, ‘पूरा कार्याकाल सरकार नचलाउँदै सरकार मात्र ढलेन, नेकपा नै टुक्रियो । अस्थितरताको अत्यका लागि पूर्ण समानुपातिक संसदीय व्यवस्था र राष्ट्रपतीय प्रणालीमा जान आवश्यक छ ।’

आफूले अवसर पाए संविधान संशोधन गरेर उक्त काम गर्ने भट्टराईको तर्क छ । सम्बोधनकै क्रममा भट्टराईले संघीयतालाई वैज्ञानिक ढंगले कार्यान्वयन गर्नुपर्ने बताए । नेपालमा गलत ढंगले संघीयता कार्यान्वयन भएकाले देशमा संकट आएको भट्टराईको ठम्याइ छ । ‘नेपालमा गलत ढंगले संघीयताको कार्यान्वयन भइरहेको छ,ुभट्टराईले भने, ‘कार्यान्वयनको शैली परिवर्तन नभए मुलुकमा ठूलो संकट आइलाग्नेछ ।’

उनले वैज्ञानिक ढंगले कार्यान्वयन गरिएको संघीयताले मात्र जनजातीहरुको उत्थान गर्न सक्ने बताए । लिम्बूहरुले लिम्बुवानको मात्र कुरा नगरेर सम्पूर्ण जनजाती र उत्पीडित वर्गहरुका लागि संघर्ष गर्नुपर्ने उनको भनाइ छ ।

‘लिम्बुवानमा उभिएर मैले बोल्नैपछ कि लिम्बूहरुले सम्पूर्ण जनजातीहरुको पक्षमा संघर्ष गर्न जरुरी छ,ु उनले भने । प्रतिगामी शक्तिहरुले आफूलाई बौलाहा भएको प्रसंग निकाल्दै भट्टराईले देशमा सकारात्मक परिवर्तनका लागि सचेत नेपालीहरु बौलाउनुपर्ने उल्लेख गरे ।

‘परिवर्तनका लागि विद्वानहरु बौलाउन जरुरी छ, उनले भने, ‘परिवर्तका लागि पहिले पनि बौलाएर क्रान्तिको बिगुल फुकेकै हो, म फेरि एकपटक परिवर्तनका लागि बौलाएको छु।’

परिवर्तन र विकासका लागि जसपा निर्माण गरिएको उनको भनाइ थियो । जसपा पुरानो सोच र सिद्धान्त बोकोको पार्टी नभएर नयाँ सोच, दृष्टिकोण र सिद्धान्त बोकेको पार्टी भएको भट्टराईको दावी छ ।

कार्यक्रमको अवसरमा भट्टराईले कुम्मायक गाउँपालिका ४ का अध्यक्ष देबेन्द्र लावतीसहित दर्जनौंलाई पार्टी प्रवेश गराएका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com