२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

सुदूर पश्चिममा भुवा पर्व’ आइतबार आज बाट सुरु

बाजुरा । सुदूरपश्चिमको आफ्नै मौलिक संस्कृति पर्वको रुपमा रहेको ‘भुवा पर्व’ आइतबार (आज) बाट सुरु भएको छ । बाजुरा, बझाङ्ग र अछाम जिल्लामा विशेष गरी मनाइने यो पर्व तिन दिनसम्म मनाउने प्रचलन रहेको छ ।

पुस महिनाको औंसीको अघिल्लो रातिकै दिनदेखि गाउँघरमा समुदायका सबै व्यक्तिले एकै ठाँउमा (भैलीभात) वनभोज खाँदै पर्व सुरु गर्ने चलन छ । भुवा पर्व बाजुरा, बझाङ, अछामलगायत सुदूरपश्चिम, मध्यपश्चिमका साथै भारतको उत्तराखण्डमा भव्य रुपमा मनाउने गरिन्छ ।

भुवा पर्वमा देश विदेशमा गएका आफन्तहरुसमेत खुसी साटासाट गर्न घर फर्कने गरेका छन् । यस वर्ष पहिलो पटक सुदूर पश्चिम सरकारले आज एक दिनका लागि बाजुरा, बझाङ्ग र अछामलाई सुरकारी बिदा दिएको छ ।

गत दुई वर्ष यता कोरोनाका कारण रोकिएको भुवा पर्वले यस वर्ष भने निरन्तरता पाएको छ । त्रेतायूगमा पाण्डुका छोरा पाण्डव र धृत राष्ट्रका छोरा कौरबबीच कुरुक्षेत्रको लडाई पाण्डवहरुले जितेपछि त्यस पक्षले खुसियाली मनाएको दिनको सम्झानामा यो पर्व मनाउने गरिन्छ ।

भुवा पर्वमा विशेष गरी विभिन्न धार्मिक आस्थाहरु समेटिएका मागलहरु गाउनका साथै, जीवन चक्रसँग तथा माया प्रेम र पेसासँग सम्बन्धित विभिन्न मागलहरु गाँउदै मनाउने र उक्त मागलको आफ्नै मौलिकता हुने ज्योतिश कुश्मराज पण्डित बताउँछन् ।

बाजुरा जिल्लाका बडिमालिका नगरपालिकाका साथै पाण्डुसैन, बह्रमतोला, आटिचौर, कुलदेवमाडौ, कैलाशमाडांैलगायत सबैजसो गाविसमा यो पर्व विषेश गरी ३ देखि ५ दिनसम्म मनाइने पण्डितले बताए । भुवा पर्वमा गएराति रातभरी मुढामा आगो सल्काएर देउडा, भारीखेल, रातभर बालेका आगो सल्काएर राँका बनाएर भोस्सोलगायत विभिन्न छुट्टा छुट्टै खेलहरु खेल्ने चलन छ ।

आफ्नो छुट्टै मौलिकता रहेको भुवा पर्व संरक्षणको अभावमा विस्तारै लोप हुने अवस्थामा रहेको बडीमालीका नगरपालिका–९ का दले लवारले गुनासो गरे । लवार भन्छन्, ‘पहिला पहिला गाँउ भरिका सबै एकै ठाँउमा जम्मा हुन्थ्यौँ । दुःख सुख साँटासाँट गरिन्थ्यो । गाँउमा गर्नुपर्ने महत्वपूर्ण निर्णय पनि सबै भेला भएको अवसरमा गरिन्थ्यो ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com