२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

२०२१ मा १ लाख ५० हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आए

काठमाण्डौ । सन् २०२१ मा एक लाख ५० हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् । हवाई र स्थलमार्गबाट गरेर एक लाख ५० हजार नौ सय ६२ जना पर्यटक नेपाल आएका पर्यटन विभागका सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिनुभयो ।

सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी नागरिक नेपाल आएका थिए । यस्तै कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ जना पर्यटक नेपाल आएका पर्यटन विभागले जनाएको छ ।

सन् २०२१ मा नेपाल आएका पर्यटकमध्ये झन्डै ४३ प्रतिशत अर्थात् ६४ हजार ६ सय ७३ जना भारतीय नागरिक रहेका छन् । कुल पर्यटकमध्ये भारतसहित सार्क राष्ट्रबाट ७१ हजार ६ सय १० जना, सार्कबाहेकका एसियाका अरू देशबाट नौ हजार आठ सय २५ जना पर्यटक नेपाल आएका छन् ।

यस्तै युरोपबाट १६ दशमलव ७६ प्रतिशत अर्थात् २५ हजार तीन सय पाँच जना र अमेरिकन देशहरूबाट २२ हजार आठ सय ५३ जना पर्यटक नेपाल आएका छन् । यस्तै अस्ट्रेलिया र न्युजिल्यान्डबाट गरी दुई हजार पाँच सय ७१ जना पर्यटक नेपाल आएका पर्यटन विभागले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com