२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं । आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिकाअन्तर्गत पूर्व–पश्चिम राजमार्गमा प्रहरी र सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ।

किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै आएको जनमत पार्टीले गत पुस १५ गतेदेखि तराइका जिल्लाका पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै आएको थियो ।

राउतका कार्यकर्ताहरुले राजमार्ग जाम गरेर बसेपछि जाम खुलाउन प्रहरी अघि बढ्न खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण गभएपछि झडप उत्पन्न भएको हो। झडपका क्रममा आठ जना सुरक्षाकर्मी र जनमत पार्टीका ८ जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ।

राउतका कार्यकर्तालाई सम्झाइबुझाइ गर्दा उल्टै सुरक्षाकर्मीमाथि ढुंगामुढासहित आक्रमण गरेर स्थिति तनाव भएपछि प्रहरीले रबरको गोलीसमेत चलाएको छ । प्रहरीले ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। घाइते भएका जनमत पार्टीका कार्यकर्ताको उपचार गर्न प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com