२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

हिन्दी गीतमा देखिदै अभिनेता राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले बलिउड चलचित्रमा काम गर्ने भएका छन् । भारतीय निर्माता राजेश चौधरीले उनलाई लिएर चलचित्र निर्माण लागेका हुन् । चौधरीले चलचित्रभन्दा पहिला हमाललाई लिएर एउटा हिन्दी गीतको भिडियो बनाएका छन् । चौधरीले बनाएको हिन्दी गीतको भिडियो सार्वजनिक गर्न हमाल यतिवेला मुम्बई पुगेका छन् । निर्माता चौधरीले राजेश चाँडै एक हिन्दी गीतमा देखिने बताए । उनले भनेका छन्, ‘बलिउड फिल्मको पनि तयारी हुँदैछ । उहाँसँग सहकार्य गर्न पाउँदा उत्साहित छु ।’ चौधरीले ‘चेहेरा’ गीतको मंगलवार मुम्बईमा सार्वजनिक गरियो । नेपाल र भारतमा छायांकन गरिएको गीतमा नेपाली मोडल नीति शाहको समेत अभिनय छ ।

उक्त गीतको भिडियो सार्वजनिक कार्यक्रममा सहभागी हुन नीतिसहित हमाल सोमबार मुम्बई पुगेका थिए । हमालले पत्रकारसँगको कुराकानी गर्दै मुम्बई आउँदा फरक ऊर्जा मिल्ने जिकिर गरे । उनले भने, ‘धेरै समयपछि म मुम्बई आएँ । पहिले कयौँपटक आएको थिएँ । मुम्बईले मलाई मलाई बेग्लै ऊर्जा दिन्छ ।’ हमालले हिन्दी चलचित्रका प्रायः सबै कलाकार आफूलाई मनपर्ने बताए । सौर्य दैनिकमा खबर छ । उनले भने, ‘हिन्दी फिल्मका सबै कलाकारको म फ्यान हुँ । बलिउडमा धेरै राम्रो कलाकार हुनुहुन्छ । तर, सबैको बाप त अमिताभ बच्चन हुनुहुन्छ । मुम्बई फिल्मको सहर भएकाले मलाई खुसी लाग्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com