२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

सेयर बजारमा सुधार मध्य भोटेकोसीका लगानीकर्ता मालामाल

काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

सोमबार बजार परिसूचक नेप्से ३२ अंकले बढेर २ हजार ६ सय १७ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको बजार परिसूचक सेन्सेटिभ इडेक्स ५ दशवमलव ८६ अंकले बढेर ४ सय ८८ विन्दुमा पुगेको छ ।

यस दिन कारोबार उपसूचक समूहतर्फ उत्पादबाहेक सबै हरियो भएका छन् । उत्पादन समूह भने २ अंकले घटेको छ । सबैभन्दा बढी व्यापार समूहको सूचक १ सय ८६ अंकले बढ्दा माइक्रोफाइनान्स १ सय ४५ र जीवन बीमा समूह ९३ अंकले उकालो लागेको छ ।

सोमबार मध्य भोटेकोसी जलविद्युत् आयोजनाका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले सबैभन्दा धेरै २ दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।

मध्य भोटेकोसीका लगानीकर्ताको सेयर १६ अंकले बढेर १ सय ७७ रुपैयाँ पुगेको छ । केही दिन अघि मात्र नेप्सेमा सूचिकृत भएको यो कम्पनीमा लगानीकर्ताहरुले चासो देखाइरहेका छन् । गुराँस लघुवित्तका लगनीकर्ताको सेयरमा १ सय १४ अंकको बढोत्तरी भएको छ ।

यस दिन २ सय ३० कम्पनीका ८२ लाख ५ हजार ५२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १ सय ७९ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सेन्जले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com