२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

१० प्रतिशत बढी क्रसहोल्डिङ भएका लघुवित्त फोर्सफुल मर्जरमा जानु : राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० प्रतिशत बढी क्रसहोल्डिङ भएका लघुवित्तलाई फोर्सफुल मर्जरमा जान निर्देशन दिएको छ ।

राष्ट्र बैंकले ‘घ’ वर्गको इजाजतप्राप्त लघुवित्त संस्थालाई जारी गरेको ‘एकीकृत निर्देशन, २०७७’ मा संसोधन गर्दै इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी संस्थापक सेयर स्वामित्व रहेका संस्थाहरूबीच एक आपसमा गाभ्नगाभिन वा मर्जरमा जान निर्देशन दिएको हो ।

साथै इजाजत प्राप्त एक भन्दा बढी क, ख र ग वर्गका बैंक वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा गाभ्नरगाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्तसम्म राष्ट्र बैंकमा कार्ययोजना पेश गर्न पनि केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

यसैगरी, केन्द्रीय बैंकले स्थानीय तहको संचित कोषमा भएको मौज्दात रकमको ८० प्रतिशतसम्म आयात र व्यापारिक क्षेत्र बाहेक उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाउने गरी २०७९ को मसान्तसम्मका लागि मात्र निक्षेपको रूपमा गणना गर्न पाउने निर्णयसमेत गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com