२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

जनवरीमा सार्वजनिक हुने वानप्लस–१० प्रो

एजेन्सी

वानप्लसले आफ्नो नयाँ फोन वानप्लस–१० प्रोका केही विशेषताहरू सार्वजनिक गरे‍को छ। कम्पनीले भारतमा यो फोन सन् २०२२ को जनवरीमा सार्वजनिक गर्ने घोषणा गरेको थियो।

तर हालसम्म भारतीय बजारमा वानप्लस–१० प्रोको सार्वजनिक मिती तय भएको छैन। चीनमा भने यो फोन जनवरी ११ तारिखमा सार्वजनिक हुने स्क्रिनर्यान्टले लेखेको छ।

सार्वजनिक केही विशेषताअनुसार वानप्लस–१० प्रोको पछाडि ह्यासलब्लाड क्यामेरा हुने बताइएको छ, जुन अघिल्लो वानप्लस ९ प्रोको श्रृंखलामा पनि देखिएको थियो। तर क्यामेरा हुने ठाउँ र डिजाइन भने अघिल्ला फोनहरूको तुलनामा केही फरक छ।

हालसम्म यो हरियो र कालो रंग विकल्पमा उपलब्ध हुने देखिएको छ भने यसमा म्याट फिनिशङ हुनेछ।

वानप्लस–१० प्रोमा नयाँ स्न्यापड्रागन ९ जी ! प्रोसेसर प्रयोग हुनेछ, जुन कम्पनीले केही समय अघि नै घोषणा गरेको थियो। कम्पनीले फोनबारे अन्य विशेषताहरू अझै खुलाएको छैन। तर यसमा तल उल्लेख विशेषताहरू हुने अनुमान लगाइएको छः

–फोनमा एमोलेइड डिस्प्ले नभइ एलटिपिओ २.० डिस्प्ले हुने सम्भावना बढी छ। जसले गर्दा फोन चलाउँदा सहज हुनेछ। प्रयोगकर्ताले सहज स्क्रोलिङ र भिजुअल अनुभव लिन पाउनेछन्।

–फोनमा १ हर्जदेखि १२० हर्जको रिफ्रेस रेट दर हुने बताइएको छ।

– त्यस्तै फोनमा ६.७ इन्चको डिस्प्ले हुने अनुमान लगाइएको छ भने यसमा क्युएचडी प्लस रिसोलुसन हुनेछ।

–वानप्लस(१० प्रो ८ जिबीदेखि १२ जिबी र्याम विकल्पमा उपलब्ध हुनेछ। यसको स्टोरेज १२८ जिबीदेखि २५६ जिबी अथवा योभन्दा बढी पनि हुने अनुमान लगाइएको छ।

– वानप्लस(१० प्रोको अगाडिपट्टी ४८ मेगापिक्सल अथवा ५० मेगापिक्सलको सेल्फी क्यामरा हुने बताइएको छ। पछाडि भने तीन वटा क्यामरा हुनेछ।

–स्रोतहरूका अनुसार यो मोबाइलमा फास्ट चार्जिङ (छिटो चार्ज हुने) सुविधा सहित पाँच हजार एमएएच ब्याट्री क्षमता हुनेछ।

यसबाहेक कम्पनीले भारतीय बजारमा वानप्लस–९आरटी फोन जनवरी १४ मा सार्वजनिक गर्दैछ। योसँगै वानप्लस बड्स जेड– २ पनि सार्वजनिक हुनेछ। यी उपकरणहरू चीनमा भने केही समय अघि नै सार्वजनिक भएका हुन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com