२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सहिद र वेपत्ता योद्धाहरुको रगतमाथी होली खेल्न कसैलाई छुट छैन : इन्चार्ज असिम लिम्बु

सहिद र वेपत्ता योद्धाहरुको रगतमाथी होली खेल्न कसैलाई छुट छैन : इन्चार्ज असिम लिम्बु

काडमाडौँ । बुधबार संवाद डबलीमा ‘सहिद तथा बेपत्ता योद्धाहरूको योगदान र राज्यको दायित्व’ विषय अन्तरक्रिया कार्यक्रममा बहिर्गमित जनमुक्ती सेना नेपालका इन्चार्ज असिम लिम्बु ले सम्बोधनको क्रममा बोल्दै हामीले यि अधुरो शान्ति प्रकृयाको विषय र जनयुद्धका बेपत्ता योद्धाहरुलाई सार्वजनिक गर्न सहिद परिवार हरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गर्दै साथै घाईते परिवारको उपचारको पनी माग गदैै सरकार सँग बाराम्बार बार्ता छलफल गर्दा पनी सरकार वा राजनितिक दलहरु गैरजिम्मेवारी बन्दै जिम्मेवारी बाट भागनु खोजेको आरोप लगाउनु भयो ।

आफुलाई खुप क्रान्तिकारी र माओवादी हुँ भन्ने नेता नेतृत्व पार्टीहरु सहिद, बेपत्ता, घाइते र जनताको सपनालाई कुल्चिएर
ऐजेन्डा ,पदिय भागबन्डा वा आर्थिक हिसाब किताब के–के नमिलेर जुनसुकै नाममा दोष जति एक ले अर्को लाई देखाउदै वा थुप्रार्दै आफू जिम्मेवारी बाट पन्छिदै भाग्न खोजे पनि त्यो इतिहासले भाग्न दिदैँन ।

किनकि आज सम्म भएका परिवर्तन र कमिकमजोरी तिमीहरू सबैले नै मिलेर गरेका थियौ। अब अपुरो रहेका सपना र तिमीहरूले गरेका गलती कमजोरी बाट उत्पन भएको समस्य को हल पनि तिमिहरुकै टाउकोमा जान्छ ।

यदि अझै पनि तिमीहरू आ –आफ्नो दम र घमण्ड लाई उच्चमनोबलका साथ अगाडि बढाउँदै जनताको समस्याहरु लाई ब्यबारिस्य अबस्थामा छाडदै आफ्नो ब्यक्तिगत स्वार्थ तिर लाग्छौ भने भिरमा जाने गाईलाई राम– राम भन्न सकिन्छ तर काँध नै थाप्न सकिन। यो भनेको तिमिहरु आफै पतन को बाटो तिर जानू हो।

तिमीहरूले यो कुरा पनि ख्याल गर्न जरुरी छ कि हिजो का दिनमा बिरोधि तत्त्वहरु मात्र तिमीहरू विरुद्ध खनिएका थिए ।तर आज तिमीहरू विरुद्ध सहिद का फोटोहरु बोल्दैछ्न ,घाइते ,अपाङ्ग ,वेपत्त र उनिहरुका घरपरिवार ,आफान्तजन र शुभचिन्तक हरुको आँसु ले पोल्दैछ्न ,बहिर्गमित जनमुक्ति सेनाहरुको धैर्यताको बाध टुटदैछ,तितरबितर भएका पुर्व जनमुक्ती सेनाहरु जुडदैछ ,कार्यकर्ता र जनताहरु उठदैछ्न अनि तिमीहरु जस्ता लाल गद्दार र धोकेबाज हरुलाई भुटदैछ्न ।त्यसैले अझै पनि तिमीहरू सुध्रिदैनौ भने यो समय पनि आउछ जुन समयमा तिमीहरुले माफी माग्ने शब्द पनि भेट्न गाह्रो हुनेछ र प्यारलाइसेस रोगी जस्तै गरि बस्न बाध्य हुनेछौ र तिमिहरुको नाम इतिहासको पानामा कलंक को परिचयमा लेखिनेछ भन्दै आक्रोस पोख्नु भयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com