२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

सत्तारुढ पाँच दलीय गठबन्धन दलका शीर्ष नेताको प्रधानमन्त्री निवास बालुवाटारमा आज छलफल

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन दलका शीर्ष नेताको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा संसद् अवरोध हटाउने बारेमा छलफल भएको नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले जानकारी दिए । बैठकमा नेताहरुले प्रधानमन्त्री देउवालार्ई प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग संसद् गतिरोध अन्त्य गर्ने सम्बन्धमा संवाद गर्न सुझाएको उनले बताए ।

एमाले अध्यक्ष ओलीसँगको संवादपछि हुने प्रतिक्रियाका बारेमा गठबन्धन दलको बैठकमा थप छलफल गरेर अघि बढ्ने बैठकमा सहमति भएको छ । एमालेले आफ्ना केही माग राखेर संसद्को चालु अधिवेशनको प्रारम्भदेखि नै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन दलले साझा उम्मेदवार तय गरी उम्मेदवारको मनोनयनपत्र दर्ता गराइसकेका छन् । बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी रहेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com