२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

ओमिक्रोनु को सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन : प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनु को सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

आज शुक्रवार सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफू संयोजक रहेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसीसी० निर्देशक समितिको बैठक बोलाइ प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिन नदिन र सङ्क्रमितहरूको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

उहाँले ओमिक्रोनको सङ्क्रमण दर फैलिन नदिन सीमा नाकालाई चुस्त बनाउन र सङ्क्रमितको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराउनुभयो । सङ्क्रमितको परीक्षण, उनीहरूको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । बैठकले सङ्घीय सरकारले बेहोर्ने गरी सङ्क्रमितको उपचार खर्च तत्कालका लागि भने पालिकाले बेहोर्ने विषयमा पनि छलफल गरेको छ ।

मन्त्री खतिवडाले भन्नुभयो, ‘कोभिडको विषयमा केन्द्रित भएर छलफल भयो । ओमिक्रोनको बढ्ने लहरको विषयमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कुरा भयो । चाँडै नै बुस्टर डोजमा पनि जाने भन्ने छलफल भयो । प्रधानमन्त्रीबाट पनि त्यही निर्देशन भयो ।’

बैठकमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण दर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर ुस्मार्ट लकडाउनु गर्ने विषयमा पनि छलफल भएको छ । सङ्क्रमितको सङ्ख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालय बन्द गर्ने जस्ता ुस्मार्ट लकडाउनु का विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताउनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com