२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

महेश बाबु अब बलिउडमा

एजेन्सी

निर्देशक एसएस राजामौलीले पछिल्लो समय फिल्म ‘आरआरआर’ प्रदर्शनमा व्यस्त छन् । कोरोनाभाइरसको महामारीका कारण पटक पटक डेट सारिएको फिल्म अन्ततः यही मार्चमा प्रदर्शन हुँदै छ । यसैले गर्दा पनि उनको व्यस्तता बढेको छ । निर्देशक राजमौलीसँगै जुनियर एनटिआर र राम चरणको अभिनय रहेकाले पनि फिल्म प्रतिक्षित छ । यसपछि निर्देशक राजामौलीले के गर्नेछन् त रु यो जिज्ञाषा दर्शकसँगै फिल्मकर्मी माझ पनि उत्तिकै छ ।

’आरआरआर’ प्रमोसनकै क्रममा उनले अब के गर्दै रुभन्ने प्रश्नको सामना गरिरहेका छन् । यसैबीच उनले साउथका अर्का स्टार महेश बाबुसँग काम गर्न लागेको चर्चा बढेको छ । यसै फिल्ममार्फत महेश बाबुको बलिउड इन्ट्री हुने चर्चा समेत बढेको छ । प्रभास पश्चात बलिउड प्रवेश गर्ने लिस्टमा महेश बाबु रहेको चर्चा बिटाउनमा छ ।

अल्लु अर्जुन, यश, रवि तेजा लगायतको फिल्म हिन्दीमा डबिङ भएर प्रदर्शन भइरहेको छ । प्रभासले ’साहो’ हिन्दीमै तयार गरेका थिए । साउथ इन्डियन फिल्महरू मार्फत बलिउडका दर्शकमाझ पनि राम्रो फ्यान फलोईङ बनाएका महेश बाबुको निर्माण समेत फिल्ममा रहनेछ । ‘बिग बजेट’ फिल्म ऐतिहासिक कथावस्तुमा आधुनिक विषयवस्तुमा केन्द्रीत रहने चर्चा समेत बढेको छ । निर्देशक राजामौली र महेश बाबुले यसबारेमा औपचारिक जानकारी भने दिएका छैनन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com