२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

रेणुलाई नै भरतपुर महानगरपालिकाको मेयर बनाउने प्रचण्डको तयारी

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा सबै दल जुटिसकेका छन् ।

निर्वाचन आयोगले निर्वाचको लागि आवश्यक तयारीसमेत गरिसकेको छ । अहिले स्थानीय तहको निर्वाचन नजिकिएसँगै महानगरपालिकामा कस्तो अनुहार अउँछन् त रु भन्ने आम जनताको चासोको विषय बनेको छ ।

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भएको छ । पछिल्लो समय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच भएको छलफलमा महानगरपालिकामा नै गठबन्धन गर्ने सहमति गरेको उच्च स्रोतको दाबी छ ।

उक्त भद्र सहमतिअनुसार काठमाडौं, ललितपुर र विराटन महानगरपालिकाको नेतृत्व कांग्रेसले लिने भएको छ ।

उता, भरतपुर महानगरपालिका नेकपा ९माओवादी केन्द्र० लिने लिने मोटामोटी सहमति बनेको छ । चितवन मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला हो ।

अहिले भरतपुरमा प्रचण्डकी छोरी रेणु दाहाल मेयर छिन् । पोखरा महानगरपालिका माधव नेपालले नेतृत्व गरेको नेकपा ९एकीकृत समाजवादी० लिने र वीरगञ्ज महानगरपालिका भने उपेन्द्र यादव नेतृत्वको जसपाले लिने सहमति बनेको छ।

अहिले सबैको ध्यान भरतपुर महानगरपालिकामा छ । यो महानगरपालिकामा सबैको ध्यान हुनुको कारण अहिले एमालेले पनि यसलाई प्रतिष्ठाको विषय बनाउनु हो ।

प्रचण्डले भने भरतपुर महानगरपालिकामा रेनुलाई नै निरन्तरता दिन चाहेका छन् । रेनुले धेरै राम्रो काम गरेको भन्दै पार्टी पँक्तिबाट पनि प्रशंसा भैरहेको छ ।
खासगरी रेनुले महानगरको मुहार फेर्नेगरि काम गरेको भन्दै अन्य दलका नेताहरुले पनि प्रशंसा गरिरहेका छन् ।

प्रचण्डले गठबन्धनका नेताहरुसँग पनि रेनुलाई नै निरन्तार दिन चाहेको बताईसकेका छन् । यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सकारात्मक जवाफ दिएको चर्चा छ ।

तर, पछिल्लो समय चितवन कांग्रेसले भने आफ्नो पार्टीका उम्मेद्धवारबाहेक अरुलाई बोकेर नहिँड्ने र सहयोग नगर्ने बताईसकेको छ ।

केन्द्रमा जे सहमति भएपनि पालना नगर्ने चितवन कांग्रेसका नेताहरुको भनाई रहँदै आएको छ । तर, अन्तिममा देउवाले भागबण्डा गरे र चुनावी तालमेल भयो भने पार्टीको निर्देशन पालना गर्नुको विकल्प कांग्रेस कार्यकर्ताहरुसँग नहुने पनि चर्चा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com