२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

धीरज र अदिती स्टारर् ‘बाबरी’को शीर्ष गीत र पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली फिल्म ‘बाबरी’को शीर्ष गीत र फिल्मको पोस्टर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ‘बाबरी रङ्ग’ बोलको शीर्ष गीत र पोस्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा नायिका अदिती बुढाथोकी र नायक धिरज मगर फिचर्ड छन् । अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहेको गीतको शब्द तथा संगीत पनि गायक गुरुङकै रहेको छ । गीत सञ्जिव बराईलीले एरेन्ज गरेका हुन् ।

कार्यक्रममा बोल्दै अभिनेता भुवन केसीले फिल्मले सफलता हात पार्ने बताए । उनले फिल्मको टिजर र गीत हेर्दा नै चलचित्रले इतिहास रच्ने लागेको बताए । त्यस्तै नायिका अदिती बुढाथोकीले फिल्म हेरेर माया गर्न आग्रह गरिन् ।

त्यस्तै नायक धीरज मगरले सुटिङको बेलामा धेरै गाह्रो भएपनि अहिले फिल्म र गीत उत्कृष्ट बनेको बताए । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा अदिती र धिरजसँगै धिरज नाडकरको पनि मुख्य अभिनय रहनेछ ।

फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुरुङ लगायतका कलाकारको अभिनय छ । फिल्मको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन् भने सुष्मा गुरुङ सह निर्माता रहेका छन् ।

फिल्म काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायाङकन गरिएको छ । फिल्म बाबरी भदौ ३१ गतेदेखि हलहरुमा प्रदर्शन हुनेछ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com