२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

बलियो नेपाल यू–१५ कपको उपाधि मधेश प्रदेशलाई

बलियो नेपाल यू–१५ कपको उपाधि मधेश प्रदेशलाई

जनसेवा न्युज डटकम संवाददाता

बलियो नेपाल कप यू–१५ क्रिकेट प्रतियोगिता २०७९ को उपाधि बलियो मधेश प्रदेशले जितेको छ । आईतवार सम्पन्न फाइनल खेलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै बलियो मधेशले उपाधि हात पारेको हो ।
मुलपानी मैदानमा सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको बलियो बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो ।

उसका आकाश टमाटाले २३ रन जोड्न बाहेक अन्य ब्याट्स्म्यानले उल्लेखनिय प्रदर्शन गर्न सकेनन । बलिङतर्फ बलियो मधेसका साईमन रोएले ४ ओभरमा केवल १० रन खर्चिएर २ विकेट हात पारे ।
जवाफमा ९६ रनको लक्ष्य बलियो मधेशले १५।३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । बलियो मधेशको जितमा खेलको प्लेयर अफ दि म्याच रंजन यादवले ३४ रनको इनिङ खेले । बलियो बागमतीका कप्तान युवराज खत्रीले १६ रन खर्चिएर ३ विकेट लिएपनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट बलियो मधेश प्रदेशका साईमन रोए घोषित भए भने बलियो ११ का जेनिश मगर, कमल शाही र बलियो बागमती प्रदेशका युवराज खत्री प्रतियोगिताको इमार्जिंग खेलाडी घोषित भए ।

सभासद अमन लाल मोदी, राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र बलियो नेपाल न्युट्रिसन इनिसिएटिभका प्रमुख कार्यकारी ड़ा। अतुल उपाध्यायले बिजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com