२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो विजयी

कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो विजयी

कोलम्बिया । गुस्ताभो पेट्रो आइतबार कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा निकै नजिकको दौडमा पराजित भएका छन् । राज्य सञ्चालित राष्ट्रिय नागरिक रजिस्ट्रीले सो किराको जनाकारी गराएको छ ।

कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार पेट्रोले ११,२८०,६९४ मत (जुन ५०.४४ प्रतिशत) प्राप्त गरेका छन् । यस्तै हर्नान्डेजले १०,५७९,८०३ मत जुन (४७.३१ प्रतिशत) प्राप्त गरेका छन् । नवनिर्वाचित राष्ट्रपतिले ट्वीटरमा भनेका छन्( यो “उत्सव” को दिन हो।

“पहिलो लोकप्रिय विजयको उत्सव मनाऔं,” पेट्रोले लेखेका छन्। “यो विजय भगवानको लागि हो, जनता र यसको इतिहासको लागि हो। आज सडक र चौकको दिन हो।” उनले भने । ६२ वर्षीय पेट्रो राजधानी बोगोटाका सिनेटर र पूर्व मेयर हुन्। उनले अगस्ट ७ गते राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।

निर्वाचन अधिकारीहरूले यसअघि मतदानको दिनमा मतदान प्रक्रिया सामान्य रूपमा अघि बढेको बताएका थिए तर पछि एक सैनिक र एक चुनावी साक्षीको मृत्यु भएको खबर आएको थियो।

रक्षामन्त्री डिएगो मोलानोले कोलम्बियाको क्रान्तिकारी सशस्त्र बलको आक्रमणमा एक सैनिकको मृत्यु भएको छ बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com