२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

वीरगञ्जमा एक लाख २५ हजार रकमसहित बिचौलिया पक्राउ

वीरगञ्जमा एक लाख २५ हजार रकमसहित बिचौलिया पक्राउ

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नापी कार्यालयमा बिचौलियाको काम गर्ने एक जनालाई प्रहरीले रु एक लाख २५ हजार रकमसहित पक्राउ गरेको छ । निजामती कर्मचारीको पोशाक लगाएका नापी कार्यालय पर्सामा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम असुल्दै आएको आरोपमा वीरगञ्ज महानगरपालिका–१३ मुर्लीका ६० वर्षीय दिनेश पाण्डे पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोलीले वीरगञ्जको आदर्शनगरस्थित एभरेष्ट बैंकभित्रबाट सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com