२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

भाइ रवि लामिछानेको पार्टीमा आजीवन संलग्‍न नहुने हरिशरण लामिछानेको घोषणा

भाइ रवि लामिछानेको पार्टीमा आजीवन संलग्‍न नहुने हरिशरण लामिछानेको घोषणा

काठमाडौँ । हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्‍न नहुने घोषणा गरेका छन् ।

रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणले सो पार्टीमा आफू आजीवन संलग्‍न नहुने घोषणा गरेका हुन् । मंगलबार राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी रविले घोषणा गरेको नयाँ पार्टीले परिवारवाद निषेध गर्ने बताइएपछि हरिशरणले सो घोषणा गरेका हुन् ।

सामाजिक सञ्‍जालमार्फत हरिशरणले लेखेका छन्, ‘राजनैतिक रुपले त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) मा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।
सो घोषणा गर्दै हरिशरणले फेसबुकमा लेखेका छन् :

जननी जन्मभूमिश्‍वर स्वर्गादपी गरियसी

नैतिक न राजनैतिक ?

नयाँ पार्टी घोषणा गरेकोमा रवि लामिछानेलाई बधाई । पार्टीको नीतिअनुसार, परिवारवाद निषेध गरिनु राम्रो प्रयास हो । यस क्रममा मनमा लागेको एउटा रोचक कुराः

कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसँग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नु होला। पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है।

दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रुपले संलग्न हुने त कुरै भएन । राजनैतिक रुपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।

स्वतन्त्र र दलगत राजनीतिका लागि म सँग अपार अवसर र सम्भावना छन् । बाँकी कुरामा कमेन्ट गर्ने मेरो हैसियत छैन । नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहनेछ ।

‘जननी जन्मभूमिश्‍वर स्वर्गादपी गरियसी’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com