२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

चितवन : कालिका नगरपालिकामा कृषि र पशुपालनलाई प्राथमिकता

चितवन : कालिका नगरपालिकामा कृषि र पशुपालनलाई प्राथमिकता

चितवन । आर्थिक बर्ष २०७९/८० को लागी चितवनका कालिका नगरपालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार भएको ११औं नगर सभामा नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा पशुपालक किसानका लागि दूधमा अनुदानसहित कृषि उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउने नीतिलाई अगाडि सारिएको छ ।

नगरपालिकाले यस अगाडि दिदै दश हजार लिटर दूध उत्पादन गर्ने किसानलाई अनुदानको व्यवस्था मिलाइएको भएपनि अब भने सामान्य किसानले पनि अनुदान पाउने गरी कार्यक्रम सार्वजनिक गरिएको छ । नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउन तरकारी, मौरीपालन, केरा र च्याउ पकेट क्षेत्र घोषणा गरी मल, बीउ र उपकरणमा अनुदानको ब्यवस्था मिलाएको छ ।

मकै खेती प्रर्वधनका लागि निजी क्षेत्रको संलग्नतामा उत्पादन,प्रशोधन र बजारीकरणको लागि कार्यक्रम सञ्चालन गर्ने, फलफूल उत्पादन, पुष्प व्यवसायको प्रर्वधनको लागि कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरभित्रका ११ हजार किसानहरुलाई व्यवसायिक बनाउदै कृषि उत्पादनलाई निर्यात गर्ने गरी योजना तर्जुमा गरिएको मेयर विनोद रेग्मीले जानकारी दिए । कृषिलाई व्यवसायिकरण, बजारीकरण र विस्तारिकरणका लागि आवश्यक पर्ने सिंचाई, शितगृह, संकलन केन्द्र, सामुदायिक खेती तथा कृषि सञ्जालीकरण विकास गर्ने नीति दिइएको मेयर रेग्मीले बताए । पशुपालन तर्फ सो नगरपालिकाले दुधमा उत्पादनमा अनुदान दिने भएको छ ।

स्वास्थ्यतर्फ सो नगरपालिकाले नगरभित्र बसोबास गर्ने विपन्न बर्गको निःशुल्क स्वास्थ्य बीमा गर्ने, आगामी पाँच बर्षभित्र नगरपालिकालाई पोषणमैत्री नगर बनाउन बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गर्ने, महिलाहरुमा हुने पाठेघरको क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न समयमै उपचार गर्ने व्यवस्था मिलाउने, कालिका नगर अस्पतालमा भौतिक पूर्वाधार, प्रविधि, उपकरणसहित विशेषज्ञ चिकित्सकहरुको व्यवस्था गरिने छ ।

अतिविपन्न समुदायका सुत्केरी महिलाहरुलाई पोषण खर्च,८० बर्ष माथीका ज्येष्ठ नागरिक तथा रातो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिलाई घरघरमै स्वास्थ्य परीक्षण गर्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको मेयर रेग्मीले बताए । विद्यालयको पहुँचमा नभएका, बीचमै विद्यालय छाडेका वालवालिकालाई शिक्षा प्रदान गर्न विशेष प्रोत्सहान कार्यक्रम सञ्चालन, सामुदायिक विद्यालयमा वालमैत्री शिक्षण सिकाइ, शिक्षाको न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण गरी हरेक विद्यालयमा रहेका वालविकास केन्द्रलाई नमुनाको रुपमा सञ्चालन गरिने उपमेयर विमला तामाङले जानकारी दिइन ।

पूर्वाधार विकास तर्फ नगर भित्रका साना सडकहरुलाई मुख्य सडकसंग जोडेर चक्रपथ निर्माण, सबै सडक कालोपत्रे तथा पहाडी सडकलाई स्तरोन्नती, नगरपालिकाको भवन निर्माण सम्पन्न तथा बाँकी रहेका वडा कार्यालय तथा स्वास्थ्यचौकीको भवन निर्माण गरिने छ ।

पूर्वाधार निर्माणकै लागि आयोजना बैंक स्थापना गरी सोही बैंक मार्फत आयोजना छनौट गर्ने,पूर्वाधार साझेदारी कोष स्थापना गरी उपभोक्ता समिति, वडा, संघ र प्रदेशसंगको साझेदारीमा आयोजना सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत निसानराज गौतमले जानकारी दिए ।

नीति तथा कार्यक्रममा उद्योग,रोजगारी र सीप विकास, सहकारी, खेलकुद, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, गैरसहकारी संस्था परिचालन, भवन, आवास तथा शहरी विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, विकास, सुसाशन तथा क्षमता अभिबृद्धि लगायतको शीर्षकमा नीति तथा कार्यक्रम तयार गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com