२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नागरिकता विधेयक अघि बढाउने सत्ता गठबन्धनको निर्णय

नागरिकता विधेयक अघि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ । सत्तारुढ दलहरूको गठबन्धनले संसद्‌मा विचाराधीन नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदीय प्रक्रियामा लैजाने निर्णय गरेको हो ।

विकसित घटनाक्रमको बारेमा छलफल भयो । मूल रुपमा प्रधानमन्त्रीले नागरिकता विधेयक अघि बढाउन प्रस्ताव गर्नुभएको थियो,ु सञ्‍चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, आजको बैठकमा नागरिकता विधेयकलाई अघि बढाउने र शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडै निष्कर्षमा पुर्‍याउने बारेमा छलफल केन्द्रित भएको थियो । नागरिकता विधेयकमा केही प्रक्रियाहरू हुन बाँकी रहेको छ र त्यसलाई चाँडै पूरा गरेर प्रस्तुत हुन्छ ।

मन्त्री कार्कीले अहिले समाजमा बुबा नागरिक आमा नागरिक हुने तर उनीहरुको सन्तान नागरिकताविहीन भइरहेकाले यसलाई अन्त्य गर्न नागरिकता विधेयक अघि बढाउने निर्णय भएको बताए । नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई दिने अंगीकृत नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com