२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

गाउँपालिकाका कर्मचारीको लुटिएको भनिएको कार भेटियो

गाउँपालिकाका कर्मचारीको लुटिएको भनिएको कार भेटियो

जनसेवा न्युज डटकम संवाददाता

डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको भारतीयबाट लुटिएको भनिएको कार भेटिएको छ । कैलालीको गोदावरी नगरपालिका १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्रि सडकखण्डमा बेवारिसे अवस्थामा कार फेला परेको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका ४ स्थित गाईमारे भन्ने स्थानमा भण्डारीलाई कुटपिट गर्दै कार लुटपाट भएको थियो । कञ्चनपुकोर भिमदत्त नगरपालिकाबाट डडेलधुराको आलितालतर्फ जाँदै गर्दा बेदकोट नगरपालिका ३ बस्ने भण्डारीले चलाएको कार लुटिएको थियो ।

उनले चलाईरहेको प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको सिल्भर रंगको सुजुकी कारलाई सोही कारमा लिफ्ट मागेर चढेका ३ जनाले सोमबार बिहान लुटेका थिए । चालकलाई फोटो खिच्ने बाहानामा सडक देखि ५० मिटर तल लगी कुटपिट गरी हातखुट्टा बाँधेर सडकबाट तल फाली मोबाइल र पैसासहित कार लुटेर भागेका थिए । भण्डारीको पद्मा अस्पताल गोदावरीमा उपचार भइरहेको छ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com