२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

पद र प्रतिष्ठाको दम्भले विकास हुँदैन : शिक्षामन्त्री पौडेल

पद र प्रतिष्ठाको दम्भले विकास हुँदैन : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पद र प्रतिष्ठाको दम्भ देखाएर विकास गर्न नसकिने भन्दै समन्वयकारी भूमिका बढाउनुपर्ने बताएका छन् । आज बागलुङ जिल्लाका स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाद्वारा आर्थिक वर्ष ०७८/०७९ मा सञ्चालित योजनाको वार्षिक समीक्षा गोष्ठीमा उनले पद र प्रतिष्ठाले मात्रै विकास नहुने भएकाले जनप्रतिनिधिहरुले निरन्तर समन्वय गर्न सकेमा मात्रै धेरै विकासका कामहरु गर्न सकिने बताए ।

मन्त्री पौडेलले समय–समयमा सम्बन्धित मन्त्रालयमा योजना माग गर्नका लागि पुगिरहनुपर्ने उल्लेख गर्दै मन्त्री र मन्त्रालयका कर्मचारीसँग आफ्नो पद प्रतिष्ठाको दम्भ देखाएर मन्त्रालय नपुग्दा चाहेजति योजना र बजेट प्राप्त हुन नसक्ने बताए ।
समिक्षा गोष्ठीमा जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, सरकारी कार्यालयका प्रमुख र गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधिको सहभागिता थियो । समिक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य बलावती शर्मा, प्रदेशसभा सदस्य खिमविक्रम शाही, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र पर्यटन अभियन्ता कृष्ण केसीले विकासका लागि निरन्तर काम गरिरहे पनि सोचेजस्तो सफलता हासिल गर्न नसकेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com