२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ३० र ३१ मा

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ३० र ३१ मा

२ विषयमा नन ग्रेड आएका विद्यार्थीले परीक्षा दिन पाउने

जनसेवा न्युज डटकम संवाददाता

कक्षा १२ बोर्ड परीक्षाको ग्रेड वृद्धिका लागि असोज ३० र ३१ गते परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले २ विषयमा नन ग्रेडिङ आएका परीक्षार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने बताए ।

नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० विद्यार्थी परेका छन् । उनीहरूमध्ये ग्रेड वृद्धिका लागि १ लाख ३० ८७८ जनाले दिन पाउनेछन् । जम्मा ३ लाख ६३ हजार ८ जनाले परीक्षा दिएका थिए । बोर्डले पहिलो पटक नन ग्रेडिङ प्रणाली लागू गरेको थियो । जसमा प्रयोगात्मकमा ४० र सैद्धान्तिकमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी फेल भएको मानिने छ।

२ विषयमा नन ग्रेड आएका विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउनेछन् । २ विषयभन्दा बढीमा नन ग्रेड आएका विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने अध्यक्ष शर्माले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com