२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

वामदेवको पार्टीले कसैलाई पनि समर्थन नगर्ने

वामदेवको पार्टीले कसैलाई पनि समर्थन नगर्ने

जनसेवा न्युज डटकम संवाददाता

वामपन्थी नेता तथा नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आफ्नो पार्टीले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि पार्टीलाई समर्थन नगर्ने बताएका छन् ।

नेता गौतमले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ताहरूलाई निर्वाचनमा स्वविवेक प्रयोग गरेर मतदान गर्न भन्दै कुनैपनि पार्टीलाई समर्थन गर्ने नीति नरहेको बताएका हुन् ।
गौतमले सत्ता र विपक्षी दुवै गठबन्धनले बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावना विरुद्ध भएको भन्दै उनीहरुका कृयाकलापले नेपालको संविधानको अक्षर र भावनाको खिल्ली उडाएको बताएका छन् ।

‘उपरोक्त परिस्थिति र आफ्नो अवस्थालाई ध्यानमा राखेर हामी पार्टीका नेता, कार्यकर्ता, सदस्य, समर्थक र शुभचिन्तकहरुलाई स्वविवेक प्रयोग गरी मतदान गर्न अनुरोध गर्दछौं’, गौतमले भनेका छन, ‘यसरी मतदान गर्नुपूर्व स्थानीय तहका जनतालाई गोलबन्द गरी सम्बन्धित जिल्ला र क्षेत्रको निर्माण र विकास सम्बन्धी समस्या समाधान गर्न सम्बन्धित उमेदवारलाई लिखित रुपमा प्रतिबद्ध गराउने कामको अगुवाई गर्नु हुने छ ।’

गौतमले त्यसो गर्दा पार्टीका नेता–कार्यकताहरुले कुनै उमेदवारबाट व्यक्तिगत स्वार्थ पूरा गर्ने वा कुनै लेनदेनको कार्य नगर्न समेत आव्हान गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com