२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

नवलपरासी १ बाट टिकट पाएका अर्बपति चौधरी भन्छन्ः शक्तिको नजिक बसेर धेरै प्रयोग गरेको छु

नवलपरासी १ बाट टिकट पाएका अर्बपति चौधरी भन्छन्ः शक्तिको नजिक बसेर धेरै प्रयोग गरेको छु

काठमाडौँ । अर्बपति तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीले शक्तिको नजिकको बसेर व्यक्तिको रुपमा शक्तिको धेरै प्रयोग गरेको बताएका छन् ।

उनले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधि सभा सदस्यका लागि टीकट पाएका छन् । शुक्रबार काठमाडौँमा एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्ट्स (एक्यान)ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा चौधरीले यो उमेरमा आएर नाम र धन नचाहेर शक्तिको नजिक बसेर र शक्तिको धेरै प्रयोग गरेको बताएका हुन् ।

उनले सम्मेलनमा सहभागीलाई लक्षित गर्दै दर्शक दिर्घामा नबसी गोल गर्न सक्छु भनी मैदानमा आउनलाई आग्रह गरे । चौधरीले भने,’ म आएको भने पनि त्यहीँ आँखाहरूलाई टाउको उठाएर जवाफ दिन्छु सकिन भने पनि कमसेकम यसले अन्तिम प्रयास गर्‍यो भन्ने बनाउँछु ।‘

चौधरीले नेपाली जनताको लागि अन्तिम र सार्थक प्रयास गर्ने भन्ने सन्देश छोड्न चाहेको बताए । सम्मेलनमा उपस्थित भएकालाई उनले विकास चाहनेले विनोद चौधरीलाई मत हाल्न आग्रह गरे । उनले थपे,’ बिनोद चौधरी तपाईंहरूको प्रतिनिधि पात्र हो । गठबन्धनको मात्र होइन ।

किन राजनीतिमा आए भन्ने सन्दर्भमा उनले नातिनातिना खेलाउने उमेर भइसकेको बताए । विश्वभरबाट १५ हजार मानिसलाई रोजगार दिइरहेको उनले जिकिर गरे ।

चौधरीले मुलुकको दिगो विकास अगाडि बढाउनका लागि पैसा, शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदा समेत युवाहरूको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको उल्लेख गरे । युवाले खोजेको रोजगारी र नेपाल बनाउनका लागि प्रत्यक्ष निर्वाचनमा उठेको जिकिर गरे ।

चौधरीले सबै चार्टर्ड एकाउन्टेन्ट्सहरूलाई भेटेर भोट माग्ने आकांक्षा रहेपनि सम्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा गरे ।

चौधरीले आफूले चार्टड एकाउन्टेन्ट हुने धोका पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउन्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताए । उनले आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको उल्लेख गरे ।

चौधरीले आफूले शक्ति केन्द्रमा शक्तिको भरपूर प्रयोग गरेको जनाए । उनले आफूलाई धन सम्पतीको कुनै खाँचो नरहेको तर चौधरी जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको दोहोर्‍याए । उनले नेपालमा बहुमतको सरकार आएपनि विकासको नाममा कुनै सिन्को नभाँचेको गुनासो गरे ।

चौधरीले नेपालमा धेरै राजनीतिक परिवर्तन भएपनि देशको अवस्था नबद्लिएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com