२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

एनआरएनएबाट खेलेका ८ खेलाडीले बाँकी खेल खेल्न नपाउने

एनआरएनएबाट खेलेका ८ खेलाडीले बाँकी खेल खेल्न नपाउने

२९ असोज, पोखरा । गैर आवसीय नेपाली संघ (एनआरएनए) बाट नवौं राष्ट्रिय खेलकुदमा फुटबलको उद्घाटन खेल खेलेका ८ खेलाडीले बाँकी खेल खेल्न नपाउने भएका छन् ।

राष्ट्रिय टिमका अनन्त तामाङ, विमल घर्ती मगर, सुजल श्रेष्ठलगायतका खेलाडीहरु एनआरएनएले प्रदेश १ विरुद्ध खेलाएपछि फुटबल सुरुमै विवादित बनेको थियो । त्यसपछि प्रदेश १ ले ८ खेलाडी एनआरएनएको नभएको भन्दै उजुरी हालेको थियो ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्राविधिक उपसिमितिले ती खेलाडीमाथिको उजुरी सदर भएको र अब उनीहरुले बाँकी खेल खेल्न नपाउने बताएको छ । ‘उजुरी परेका ८ खेलाडीले बाँकी खेल खेल्न पाउँदैनन् । प्रोटेस्ट परेका ८ खेलाडी एनआरएनए भएको देखिएन । त्यसैले अब नतिजा पनि प्रदेश १ को पक्षमा जानेछ’, प्राविधिक समितिका सचिव प्रचण्ड शर्माले भने ।

गोस्टेघाटमा बिहीबार भएको उद्घाटन खेलमा विमल घर्ती मगर र संजोक राईको गोलमा एनआरएनएले प्रदेश १ लाई २–० ले हराएको थियो । अब उक्त नतिजा उल्टिएको छ ।

गोल गरेका विमल र संजोकसहित अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, विशाल राई, निशान खड्का र अशोक खवास एनआरएनएको खेलाडी नभएको भन्दै बिहीबारको खेलपछि नै प्रदेश १ ले उजुरी गरेको थियो ।

खेलअघि नै एनआरएनएले नवौं राष्ट्रिय खेलकुदको निर्देशिका विपरीत नेपाली राष्ट्रिय खेलाडीलाई खेलाउन लागेको भन्दै विरोध जनाएको छ । जसले गर्दा खेल नै ढिला सुरु भएको थियो । पछि एन्फा उपाध्यक्ष दावाल लामाले खेलपछि उजुरी हाल्न पाउने बताएपछि प्रदेश १ खेल्न तयार भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com