२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

तेस्रो जित सहित एपीएफ महिला क्रिकेटको सेमिफाइनलमा

तेस्रो जित सहित एपीएफ महिला क्रिकेटको सेमिफाइनलमा

९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा मधेश प्रदेशलाई २७ रनले पराजित गर्दै एपीएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।

लगातार तीन खेल जितेको एपीएफ ६ अंकसहित समूह ए को शीर्ष स्थानमा छ । एपीएफले यसअघि बागमती र गण्डकी प्रदेशलाई पराजित गरेको थियो । एपीएफले समुहको अन्तिम खेल सुदुरपश्चिमसँग आइतबार खेल्नेछ ।

एपीएफको जितमा नेरी थापाले उत्कृष्ट बलिङ सहित अलराउण्ड प्रदर्शन गरिन् । उनले ब्याटिङमा १२ रन बनाउँदा बलिङमा ३ विकेट लिइन्

नेरीले कसिलो बलिङ गर्दा १०२ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो ।

मधेशका लागि कप्तान कविता गौतम र सरस्वती कुमारीले समान १३ रन बनाए ।

एपीएफका लागि नेरीले ४ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिइन् । सुमन विष्ट, इन्दु वर्मा, सुस्मा श्रेष्ठ र सरिता मगरले समान १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन बनाएको थियो ।

एपीएफका लागि ममता चौधरीले अविजित रहँदै सर्वाधिक १७ रन बनाइन् भने राजमती ऐरीले १६ र ज्योती पाण्डेले १५ रन बनाइन् ।

नेरी थापाले १२ रन जोडिन् । बलिङमा मधेशका लागि सरस्वती कुमारीले २ तथा कविता गौतम र शान्ती चौधरीले २(२ विकेट लिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com