२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

नापोलीको लय कायम

नापोलीको लय कायम

एजेन्सी
इटालीयन सिरी ए अन्तर्गत आइतबार राति बोलोग्नामाथि ३ २ को जित निकाल्दै नापोलीले उच्च लय कायम राखेको छ । बोलोग्नामाथिको जितसँगै नापोलीले शीर्षस्थानमा दुई अंकको अग्रता कायम राखेको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलमा नापोलीलाई घरेलु मैदानमा जित दिलाउन जुआन जेसुस, हिर्भिन्क लोजानो र भिक्टर ओसिमहेनले एक(एक गोल गरे । बोलोग्नाको लागि जोसुआ र लुकासले गोल गरेपनि त्यो पर्याप्त थिएन ।
जितसँगै नापोली १० खेलबाट २६ अंक सहित तालिकाको शीर्षस्थानमा छ । बोलोग्ना समान खेलबाट सात अंक सहित १७ औं स्थानमा छ । राति नै भएको अर्को खेलमा एसी मिलानले हेलास भेरोनालाई २–१ ले पराजित गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com