२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

हिरोइनको खोजीमा ‘प्रसाद २’

हिरोइनको खोजीमा ‘प्रसाद २’

काठमाडौँ । सूत्रका अनुसार हिरो विपिन कार्कीसँगको विवाद टुंग्याएर सुटिङमा निस्किन लागेको फिल्म ‘प्रसाद २’लाई हिरोइन खोज्ने आपत आइलागेको छ । पहिले खेल्ने सहमति गरेर सुटिङ सेटमा पुगेकी नम्रता श्रेष्ठ नयाँ सेड्युलका लागि उपलब्ध नहुने भएपछि निर्माण टिम नयाँ हिरोइनको खोजीमा लागेको हो ।

पहिलो भागमा रहेकी नम्रता नयाँ फिल्मको सुटिङसमेत अड्काएर बसेकी छिन् । उनको महत्वपूर्ण भूमिका रहेको ‘ग्रहण’को दसैँअघि नै सुटिङ हुने कुरा थियो तर नम्रताले औँलो सड्काएपछि यो फिल्मको पनि सुटिङ थाँती रहेको छ । तर यही फिल्मको कारण देखाउँदै नम्रताले ‘प्रसाद २’का लागि समय नदिने बताएपछि निर्माण टिम नयाँ हिरोइनको खोजीमा लागेको हो ।

नम्रताले यसअघिकै सुटिङमा निर्माण टिमलाई खासै सहयोग नगरेको चर्चा थियो । यही कारण निर्माण टिमले उनको ठाउँमा सुरक्षा पन्तलाई लिन चाहेको थियो । तर नम्रतासँग कुरा मिलेपछि सुरक्षासँगको च्याप्टर क्लोज भएको थियो । अहिले नयाँ सेड्युलमा नम्रताको समस्या बल्झिएपछि निर्माण टिम नयाँ हिरोइन खोज्न बाध्य भएको हो । निर्माता निकट सूत्रका अनुसार निर्माण टिमले यो चोटि नम्रताको ठाउँमा ऋचा शर्मा लिन चाहेको थियो ।

यसका लागि एक चरण कुरा पनि भएको थियो र ऋचा फिल्म गर्न इच्छुक पनि थिइन् तर ऋचाले पनि हात झिकिन् । सूत्रका अनुसार अर्पण थापासँग स्क्रिन सेयर गर्नुपर्ने भएपछि ऋचा हच्किएकी हुन् । कुनै समय मिलेर थुपै्र फिल्म बनाउने र खेल्ने गरेका अर्पण र ऋचाबीच ‘सुनकेशरी’पछि हार्दिक सम्बन्ध छैन ।

ऋचासँग कुरा नमिलेपछि अहिले निर्माण टिमले केकी अधिकारीसँग कुरा अगाडि बढाइरहेको छ । केकीको सेड्युल मिलेमा ‘प्रसाद २’मा उनी नै हिरोइन हुने सम्भावना रहेको निर्माण निकट स्रोत बताउँछ । यो फिल्म मंसिर ७ गते फ्लोरमा जाने चर्चा छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com