२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

इरानमाथि प्रतिबन्ध लगाइयोस् : युक्रेनी विदेशमन्त्री कुलेबा

इरानमाथि प्रतिबन्ध लगाइयोस् : युक्रेनी विदेशमन्त्री कुलेबा

मस्को । युक्रेनी विदेशमन्त्री दिमित्रि कुलेबाले इरानमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग आह्वान गरेका छन् । राजधानी किभमा कामिकाजे ड्रोनको झुण्डले आक्रमण गरेको केही घण्टापछि, विदेशमन्त्री कुलेबाले यस्तो आह्वान गरेका हुन् ।

हमलामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै ठूलो भौतिक क्षति भएको छ । रुसलाई ड्रोन उपलब्ध गराएकोमा इरानमाथि प्रतिबन्ध लगाउन (ईयु) लाई आह्वान गरेका हुन् ।

‘हवाई आक्रमणको साइरनका कारण बम आश्रयबाट इयुलाई सम्बोधन गर्ने म सायद पहिलो विदेशमन्त्री हुँ । इयुसँग थप हवाई रक्षा र बारूद आपूर्तिका लागि अनुरोध गर्छु । रुसलाई ड्रोन उपलब्ध गराएकोमा इरानमाथि प्रतिबन्ध लगाउन ईयूलाई आग्रह गर्छु । रुसमाथि ९औँ प्रतिबन्ध प्याकेज बलियो हुनुपर्छ ’, उनले ट्वीट गरेका छन् ।

युक्रेनको राजधानी किभमा भएको ड्रोन हमलाको पश्चिमा देशहरुले निन्दा गरेका छन् । एजेन्सी

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com