२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

१२ अंकले घट्यो नेप्से, ३ कम्पनीमा सर्किट ब्रोकर

१२ अंकले घट्यो नेप्से, ३ कम्पनीमा सर्किट ब्रोकर

काठमाडौँ । साताको चौथो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार, नेप्से परिसूचक १२.८१ अंकले घटेर १८४५.५१ अंक विन्दुमा आइपुगेको छ । सोमबार सामान्य अंकले घटेको बजार मंगलबार बन्द रहेको बजार बुधबार पुन : घटेको हो ।

आज २१ लाख ५१ हजारको कित्ता सेयर ६४ करोड ३६ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, उप–समूहतर्फ होटल एण्ड टुरिजम र म्युचुअल फण्ड बाहेक सबै कम्पनीहरूमा राताम्मे देखिएको छ । आज २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अभियान लघुवित्तको सेयरमा १० प्रतिशत, सयपत्री हाइड्रोपावर ९.९९ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड–२ मा ९.९४ प्रतिशतको सर्किट लागेको छ । आज सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ७२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नबिल बैंकको २ करोड ४१ लाख, रिदि पावरको २ करोड ३३ लाख, हिमालयन डिस्टिलरीको १ करोड ८६ लाख र एनआईसी एशिया बैंक १ करोड ४४ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com