२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

एकीकृत समाजवादीको चुनावी कमाण्डरमा माधव नेपाल

एकीकृत समाजवादीको चुनावी कमाण्डरमा माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको नेतृत्वमा २५ सय १ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषदका पदाधिकारी एवं सदस्य र पार्टीका प्रदेश कमिटीका पदाधिकारी एवं जनवर्गीय संगठनका पदाधिकारी सदस्य रहेका छन् ।

बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा २२ सदस्यीय निर्वाचन परिचालन समितिको सचिवालयसमेत गठन गरेको छ । उक्त समितिको सदस्यमा डा। गंगालाल तुलाधर, डा. विजय पौडेल, विश्वनाथ प्याकुरेल, सावित्रा भूसाल, प्रमोदराज शर्मा, प्रेमल खनाल, लक्ष्मण केसी, केदार सञ्जेल रहेका छन् ।

यस्तै विष्णु लम्साल, धनप्रसाद गौतम, मोहन गौतम, रमेश रञ्जन झा, उदय श्रेष्ठ, खेमराज पौडेल, सीताराम नेपाल, द्रोणाचार्य क्षेत्री, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, विशाल भण्डारी, सुदेश पराजुली र नितेश पौडेललाई समितिको सदस्यमा मनोनित गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com