२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

निर्वाचनका लागि तातोपानी नाकाबाट भित्रिए मतपेटिका

निर्वाचनका लागि तातोपानी नाकाबाट भित्रिए मतपेटिका

सिन्धुपाल्चोक । उत्तरी नाका तातोपानीबाट आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि मतपेटिका भित्रिएको छ ।

नेपाल चीन सीमा तातोपानी नाकाबाट झन्डै २० हजार थान मतपेटिका भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । आउने निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका निर्वाचन आयोगले टेन्डरमार्फत खरिदका लागि आह्वान गरेको थियो ।

निर्वाचन आयोगले ५५ हजार थान मतपेटिका खरिदका लागि बोलपत्र आह्वान गरेपछि मुन्डक इन्टर नेसनल कम्पनीले पाएको थियो । अहिले तातोपानी भन्सार कार्यालयबाट ढुवानी सिल्क ग्रुपले गरिरहेको सिल्क ग्रुपले जनाएको छ । अहिलेसम्म ६ गाडी मतपेटिका निर्वाचन आयोगमा पुर्‍याइसकेका र चीनबाट नेपाल भित्रने बित्तिक्कै छिटोभन्दा छिटो भन्सार गरेर निर्वाचन आयोगमा पुर्‍याउने काम गरिरहेको ढुवानी कम्पनी सिल्क ग्रुपका प्रतिनिधि उमेश श्रेष्ठले बताए ।

स्थानीय निर्वाचनका लागि पनि यही नाकाबाट मतपेटिका भित्रिएको हो । अहिले पुनस् आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका आइरहेको छ । अहिलेसम्म १२ हजार थान आयोगमा गइसकेको छ भने २० हजार थानको राजस्व दाखिला भैइसकेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदय बिष्टले बताए ।

अहिले तातोपानी नाकाबाट सिल्क ग्रुपले मतपेटिका ढुवानी गरिरहेको छ । केही दिनभित्र आयोगले खरिदका लागि दिएको मतपेटिका सबै आइसक्ने छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com