२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

बेलायतका प्रधानमन्त्री ट्रसद्वारा राजीनामा घोषणा

बेलायतका प्रधानमन्त्री ट्रसद्वारा राजीनामा घोषणा

लण्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको छ हप्तापछि नाटकीय रूपमा राजीनामा दिने घोषणा गरेकी छन् ।

कर कटौतीको उनको दक्षिणपन्थी प्लेटफर्म विघटित भएपछि र सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरू मध्ये धेरै सांसदहरूले विद्रोह गरेपछि ट्रसले राजीनामा घोषणा गरेकी हुन् । डाउनिङ स्ट्रिटमा बोल्दै ट्रसले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएको तर टोरी नेताको रूपमा काम गर्न उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्रीको रूपमा रहने बताएकी थिइन् ।

प्रभावशाली सांसद ग्राहम ब्राडीले खेल समाप्त भएको बताएपछि उनले भने, हामी सहमत भएका छौं कि अर्को हप्ताभित्र नेतृत्वको चुनाव सम्पन्न हुनेछ । यसले हामी हाम्रो वित्तीय योजना पूरा गर्ने बाटोमा रहन र हाम्रो देशको आर्थिक स्थिरता र राष्ट्रिय सुरक्षा कायम राख्न सुनिश्चित गर्दछ ।ु उनले थपे, उत्तराधिकारी नछानिएसम्म म प्रधानमन्त्रीकै रूपमा रहनेछु ।ु

लेबर पार्टीका नेता केइर स्टार्मरले विपक्षी दलले ट्रसको छोटो, संकटग्रस्त कार्यकालपछि ‘अब’ आम निर्वाचनको माग गरेका छन् ।

हाउस अफ कमन्समा बुधबार अबेर राति भएको एक महत्वपूर्ण मतदानमा एक प्रमुख मन्त्रीले राजीनामा दिएको र टोरीका धेरै सांसदले विद्रोह गरेपछि ट्रस प्रधानमन्त्रीका रूपमा राजीनामा घोषणा गर्न बाध्य भएका हुन् । बिहीबार बिहानसम्म, एक दर्जनभन्दा बढी कन्जरभेटिभ सांसदहरूले सार्वजनिक रूपमा ट्रसलाई राजीनामा दिन आग्रह गरेका थिए ।

उनको कर कटौतीको योजनाले पहिले नै गम्भीर लागत र जीवनयापन सङ्कटको समयमा बजारमा मन्दी निम्त्याएको छ ।

धेरैले ब्राडीलाई हटाउनलाई माग गर्दै पत्रहरू बुझाएको रिपोर्ट गरिएको थियो । यद्यपि पार्टी नियमहरूले १२ महिनाको लागि अर्को नेतृत्व अभियानलाई निषेध गरेको थियो ।

ुप्रधानमन्त्रीले हिजोको दिन निकै कठिन रहेको स्वीकार्नुभएको छ र उहाँले जनताले सरकारलाई राजनीतिमा कम र आफ्ना प्राथमिकता पूरा गर्न बढी ध्यान केन्द्रित गरेको हेर्न चाहेको महसुस गर्नुभएको छ,ु उनका सरकारी प्रवक्ताले पत्रकारहरूसँग भने । प्रवक्ताको यो भनाइ आएको दुई घण्टा नबित्दै प्रधानमन्त्री ट्रसले राजीनामाको घोषणा गरेकी छन् । एएफपी

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com