२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

देउवा, प्रचण्ड र माधव नेपालले आज पोखरामा प्रशिक्षण दिने कार्यक्रम

देउवा, प्रचण्ड र माधव नेपालले आज पोखरामा प्रशिक्षण दिने कार्यक्रम

जनसेवा न्युज डटकम संवाददाता

सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि सुरु भएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेता आज पोखराबाट प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियानसुरु गर्न लागेका हुन् । त्यसका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा बिहीबार नै पोखरा पुगिसकेका छन् । प्रशिक्षणलाई सम्बोधन गर्न माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज पोखरा जाँदै छन् ।

शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । सत्ता गठबन्धनले आजै लुम्बिनी प्रदेशको बुटवलमा पनि प्रशिक्षण कार्यक्रम राखेको छ ।

कात्तिक ५ गते विराटनगर र जनकपुरमा प्रशिक्षण कार्यक्रम हुनेछ। उक्त कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि आमन्त्रण गरिने छ ।

यस्तै कात्तिक ६ गते धनगढी र सुर्खेतमा प्रशिक्षण हुनेछ भने कात्तिक ७ गते काठमाडौंमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको गठबन्धनले जनाएको छ । सत्ता गठबन्धनले यसअघि काठमाडौं २ र ललितपुरमा संयुक्त प्रशिक्षण गरेका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com