२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

रुपन्देही – ४ को २ मा नेपाली काँग्रेस खाँ निर्वाचित

रुपन्देही – ४ को २ मा नेपाली काँग्रेस खाँ निर्वाचित

जनसेवा न्युज डटकम संवाददाता

रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रदेश सभा सदस्य २ मा कांग्रेसका वसिउद्दीन खाँ विजयी भएका छन् । १२ जना उम्मेदवार रहेका सो क्षेत्रमा ११ जनालाई पछि पार्दै खाँ विजयी बनेका हुन । उनले सबै भन्दाबढी ११ हजार ३ सय ५ मतका साथ खा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका मोहनलाल यादवले ८ हजार २ सय ६५ मत, जनमत पार्टीका अर्जुन जैसवालले ७ हजार ६ सय ६१ मत ल्याए । खाँ ३ हजार ४०४ मतान्तरले विजयी भएको निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर ४ को ‘२’ मा ५७ हजार २ सय ७० मतदाता रहेकोमा ४० हजार ९ सय ६३ मत खसेको थियो । प्रतिनिधि सभा सदस्यको मतगणना सकिएपछि मात्र प्रदेश सभा सदस्यहरुलाई विजयी घोषणा गरिने छ । निर्वाचन अधिकारी देवेन्द्र आचार्यका अनुसार अहिले प्रतिनिधि सभा सदस्यको मतगणना जारी रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com