२०८२ फाल्गुन १७ - Sun Mar, 2026 -

Janasewa News

आफ्नो कार्यकालमा जापानका सबै संघसंस्थासँग हातेमालो गर्दै अघि बढे-अध्यक्ष निउरे

टोकियो – टोकियो गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष नविन निउरेले एनआरएनए एक ढिक्का हुनुपर्नेमा जोड् दिएका छन् । आइतबार १२औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको हैसियतबाट अन्तिम मन्तव्य राख्दै निउरेले एनआरएनएको केन्द्रीय तहमा देखिएको विभाजन अन्त्य गरी एकताबद्ध संस्था निर्माण गर्न जोडदार आह्वान गरेका हुन् ।

महाधिवेशनलाई सम्बोधन गर्दै उनले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)मा देखिएको विभाजनप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । ‘विभाजनले संस्थालाई कमजोर बनाएको छ र अदालतमा मुद्दा-मामिलामा अल्झिँदा गैरआवासीय नेपालीका मुद्दा ओझेलमा परेका छन्,’ उनले भने, ‘अब यो विभाजनको अन्त्य हुनुपर्छ । आगामी अक्टोबरमा हुने महाधिवेशन एकै ठाउँमा गरेर एउटा मात्रै बलियो एनआरएनए बनाउन म आईसीसीका अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठलाई हार्दिक अनुरोध गर्दछु ।’

जापानबाट सधैँ एकताको सन्देश गएको र अब पनि त्यही चाहना रहेको उनको भनाई छ । अध्यक्ष निउरेले आफ्नो कार्यकालमा जापानका सबै संघसंस्थासँग हातेमालो गर्दै अघि बढेको र सकेसम्म सबैलाई समेटेर काम गरेको बताए । ‘हामीले यो दुई वर्षमा केही गर्‍यौँ होला, केही गर्न बाँकी पनि होला, तर हाम्रो नियत सधैँ सफा थियो,’ उनले भने ।

उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने जापानस्थित सबै संघसंस्था, क्षेत्रीय समिति, कार्यसमितिका सहकर्मी र सम्पूर्ण जापानवासी नेपालीप्रति आभार व्यक्त गरे । आफ्नो दुईवर्षे कार्यकालमा परिवारबाट पाएको साथ र सहयोगलाई स्मरण गर्दै उनी भावुक बनेका थिए । ‘यो सामाजिक यात्रामा परिवारको त्याग र समर्थनविना म यहाँसम्म आइपुग्न सक्दैनथेँ,’ उनले भने ।

आफ्नो कार्यकालको अन्त्यसँगै अध्यक्ष न्युरेले २०२३-२०२५ को कार्यसमिति विघटन भएको घोषणा गर्दै सम्पूर्ण आर्थिक प्रतिवेदन र कागजातहरू निर्वाचन समितिका प्रमुख आयुक्त तिलक मल्ललाई हस्तान्तरण गरेका थिए ।

मन्तव्य सकिएलगत्तै हलमा उपस्थित सहभागीहरूले उनलाई काँधमा बोकेर ‘नविन दाइ हाई हाई’ को नारा लगाउँदै सम्मान प्रकट गरेका थिए । जसले निउरेको कार्यकालको लोकप्रियतालाई दर्शाउँथ्यो । यससँगै एनआरएनए जापान २०२५-२०२७ को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com