कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको जिम्मा रास्वपा सरकारको हातमा-डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको जिम्मा रास्वपा सरकारको हातमा भएको बताएका छन्।
प्रतिवेदनलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने र नयाँ इतिहास रच्ने कि पुरानै दुःखद इतिहास दोहोर्याउने अब बन्ने रास्वपा सरकारको हातमा भएको उनको भनाइ छ।
आयोगको प्रतिवेदनमा भदौ २३ र २४ गतेको अपेक्षा गरिए अनुरूपकै घटना विवरण रहेको दाबी गरे।
उनले भनेका छन्, ‘२३ गते तत्कालीन सरकारमा रहेकाहरूको गम्भीर गल्ती देखिन्छ१ टीओबी समूहले आन्दोलन भड्काउन नियोजित भूमिका खेलेको देखिन्छ। २४ गते राज्यका सबै अङ्गहरू कोल्याप्स भएको प्रस्ट बुझ्न सकिन्छ’
कारबाही, पुरस्कार र शासकीय सुधारका सिफारिसहरू विस्तृत रूपमा दिइएकाले कार्यान्वयनमा जोड दिएका छन्।



