प्रवास

कोरियामा प्रवासी मजदूरको प्रवेशाज्ञा एक वर्ष थपियो

सउल, द. कोरिया । इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित यहाँ रहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो । यहा श्रम …

कोरियामा प्रवासी मजदूरको प्रवेशाज्ञा एक वर्ष थपियो Read More »

उपचार पछि आज वर्षमान पुन स्वदेश फर्किदै

काठमाडौं । नेकपा माओवादीका नेता वर्षमान पुन आज मंगलबार स्वदेश फर्किने भएका छन् । विरलै देखिने जन्डिस रोगबाट ग्रसित भएका नेता पुन लामो समय पछि आज स्वदेश फर्किन लागेका हुन् । महासचिवका दावेदार पुन मंगलबार आउने भएसँगै सोमबार को बैठकमा पदाधिकारी चयन नै नगरी सकिएको हो । नेता पुनको सहभागिताको लागि बैंठकमा अध्यक्ष मात्र चयन …

उपचार पछि आज वर्षमान पुन स्वदेश फर्किदै Read More »

गायक राजेश पायल राईमाथि हातपात

काठमाडौं । भर्सटाइल गायक राजेशपायल राईमाथि हातपात भएको छ । नयाँ वर्ष २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि हातपात भएको हो । हातपात भएको सार्वजनिक भिडियोमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अंगालो मार्ने प्रयास गरेका थिए । यसरी हातपात हुनासाथ आयोजकले स्टेजबाट उक्त युवकलाई बाहिर …

गायक राजेश पायल राईमाथि हातपात Read More »

ढाकामा भएको खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित

एजेन्सी । एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ । ढाकामा आज भएको खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो । बंगलादेशमाथि नेपालले २५–५, २५–१५ र २५–१७ को सेटमा जित निकालेको हो । यो जितसँगै नेपालले फाइनलको यात्रा निकै बलियो बनाएको …

ढाकामा भएको खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित Read More »

कोभिडविरुद्ध लड्न नेपाली सेनालाई ब्रिटिस गोर्खा सैनिकको सहायता

लन्‍डन . बेलायत सैनिकले नेपाली सैनिकलाई कोभिड-१९ महामारीविरुद्ध लड्न सहायता प्रदान गरेको छ । कोभिड-१९ महामारीविरुद्ध ब्रिटिस गोर्खा सैनिकले नेपाली सैनिकलाई शैय्या र पीसीआर परीक्षणका उपकरण प्रदान गरेको हो । कोभिड उपचारमा सजिलो हुने २५ वटा शैय्या र पीसीआर उपकरणका किट्स र मेसिन प्रयोग गरिएको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ । ब्रिटिस गोर्खाका कमान्डर पौल …

कोभिडविरुद्ध लड्न नेपाली सेनालाई ब्रिटिस गोर्खा सैनिकको सहायता Read More »

दुबई गएका धादिङका १९ जना अलपत्र

काठमाण्डौँ । नेपालबाट भिजिट भिसा लिएर दुबई पुगेपछि काम गर्ने योजनामा रहेका १९ जना भिसाको म्याद सकिएपछि कोठामा थुनिएर बस्नु परेको पीडितका परिवारले बताएका छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ खाल्टेका १० जना गरी एउटै नगरपालिकाका १९ जना दुबईमा अलपत्र परेर उद्धारको प्रतिक्षामा रहेको नीलकण्ठ नगरपालिकाले …

दुबई गएका धादिङका १९ जना अलपत्र Read More »

ओमानमा राहदानीको म्याद सकिन लागेका नेपाली श्रमिकलाई घुम्ती सेवा दिँदै दूतावास

काठमाण्डौ – ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ राहदानी ९पासपोर्ट०को म्याद सकिन लागेका नेपाली श्रमिकलाई नयाँ राहदानीको लागि आवेदन दिन आग्रह गरेको छ । भोलि अर्थात् डिसेम्बर १७ तारिखमा दोफार प्रशासनिक क्षेत्रमा घुम्ती सेवा सञ्चालन हुने भएकाले राहदानी बनाउने वा अन्य कन्सुलर सेवा लिन चाहनेहरुलाई सम्पर्क गर्न दूतावासले आग्रह गरेको हो । माडर्न होम्स बिल्डिङमा बिहान …

ओमानमा राहदानीको म्याद सकिन लागेका नेपाली श्रमिकलाई घुम्ती सेवा दिँदै दूतावास Read More »

जनप्रगतीशील मञ्च जापानको अध्यक्षमा भवानी पन्त र महासचिवमा बाबुराम पौडेल

काठमाडौं । जनप्रगतिशील मञ्च जापानको आठौँ अधिवेशनबाट अध्यक्षमा भवानी पन्त निर्विरोध निर्वाचित भएका छन् । अधिवेशसनबाट रामहरि पुडाशैनी इञ्चार्जमा चुनिएका छन् । मञ्चका वरिष्ठ उपाध्यक्षमा मोहन पौडेल, उपाध्यक्षमा श्यामहरि पाण्डे, जनक सुवेदी, श्रवण सत्याल, आरएच गौतम र नवराज गौतम निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा बाबुराम पौडेल, उपमहासचिव दावा शेर्पा, रामकृष्ण भण्डारी र शिबु थापा …

जनप्रगतीशील मञ्च जापानको अध्यक्षमा भवानी पन्त र महासचिवमा बाबुराम पौडेल Read More »

जनप्रगतिशील मञ्च बेलायतको अध्यक्षमा :मान गुरुङ

ब्रसेल्स । नेपाली जनप्रगतिशील मञ्च बेलायतको चौथो सम्मेलनले अध्यक्षमा मानबहादुर गुरुङलाई निर्वाचित गरेको छ । आइतबार भर्चुअल माध्यमबाट सम्पन्न सम्मेलनले आगामी कार्यकालका लागि गुरुङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । नेकपा माओवादी केन्द्रको प्रवास कमिटी अन्तरगत नेपाली जनप्रगतिशील मञ्च बेलायतको सम्मेलनले ३३ सदस्यीय कमिटी चयन गरेको छ । सम्मेलनबाट उपाध्यक्षमा तुल छन्त्याल, शेरसिं ठकुरी, नवीन …

जनप्रगतिशील मञ्च बेलायतको अध्यक्षमा :मान गुरुङ Read More »

काठमाण्डौ–बहराइन सिधा उडानबारे छलफल

काठमाण्डौ – बहराइन र नेपालबीच सिधा हवाइ उडानबारे छलफल भएको छ । बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी बीएसीका प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफलाहबीच काठमाण्डौ–बहराइन हवाइ सम्पर्क स्थापना गर्ने विषयमा छलफल भएको छ । बिएसी भवनमा हिजो भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाण्डौ मनामाबीच सिधा हवाइ …

काठमाण्डौ–बहराइन सिधा उडानबारे छलफल Read More »

Get 30% off your first purchase

X
Scroll to Top