२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच सहमति

शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच चूडामणि पौडेलको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने सहमति भएको छ । मन्त्रालय र महासंघबीच आज सो सहमति भएको हो । विभिन्न समयमा मन्त्रालय र महासंघबीच भएका सहमति तथा समझदारी र महासंघले २०७८ वैशाख २० गते बुझाएको ३४ बुँदे मागका सम्बन्धनमा अध्ययन गर्न २०७८ कातिक २८ गते पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

सो कार्यदलले मागको विषय, वर्तमान अवस्था र गर्नुपर्ने कामहरुको कार्यसूचीसहित ५१ बुँदे प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेस गरेको थियो । मन्त्रालय र महासंघबीच सहमति पछि जारी सहमति पत्रमा भनिएको छ
: ‘कार्यदलले मन्त्रालयमा पेश गरेको उक्त प्रतिवेदन कानूनसम्मत ढंगले लागू गर्ने प्रतिवद्धताका साथ कार्यान्वयनमा लैजान सहमत भएका छौं ।’

सहमतिपत्रमा मन्त्रालयका तर्फबाट शिक्षामन्त्री देवेन्द्र पौडेल, सचिव यादवप्रसाद कोइराला र सहसचिव दीपक शर्माले हस्ताक्षर गरेका छन भने महासंघका तर्फबाट अध्यक्ष कमलादेवी तुलाधर, सहअध्यक्ष पूर्णप्रसाद दवाडी, उपाध्यक्ष टीकादेवी राई र उपाध्यक्ष तिलक कुँवरको हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com