२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

अपराधीलाई आम माफी दिएर राष्ट्रपतिले कानुनीराज्यको धज्जी उडाउनुभयो : धवलशमशेर राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणाले अपराधीलाई राष्ट्रपतिले आममाफी दिएर कानुनीराज्यको धज्जी उडाएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राष्ट्रपतिले ज्यानमार्ने व्यक्तिलाई आममाफी दिनु दुःखद रहेको बताए ।

उनले भने,‘यही कारणले हामीले पटक पटक यो सदनमा भन्दै आएका छौँ, हामीलाई सबैको साझा एउटा राजा चाहिएको छ । राष्ट्रपतिले मन्त्रीपरिषद्को निर्णय मान्नुपर्ने, मन्त्रीपरिषद्ले पार्टीको निर्देशन मान्नुपर्ने, पार्टीले गुण्डा र हत्यारा पाल्ने र ती हत्यारा र गुण्डालाई जब सजाय हुन्छ अनि राष्ट्रपति मार्फत फेरी उन्मुक्ति पाउने व्यवस्था हाम्रो संविधानले बनाएको छ ।’

उनले संविधानमा कानूनीराजलाई चुनौती दिने विषय संशोधन गर्नपनि माग गरेका छन् । उनले शिक्षा विधेयकले निजी शैक्षिक संस्थालाई किन निरुत्साहित गर्न खोजेको हो भन्ने प्रश्न समेत गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com