२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

प्रदेश एकमा आलोपालो सरकार चलाउन मुख्यमन्त्री राई तयार, ६ महिनापछि काँग्रेसको दावी

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारको नेतृत्व लागि आलोपालो चलाउन केन्द्रमा रहेको पाँच दलीय गठबन्धनले सहमति गरेमा आफूलाई स्वीकार्य हुने बताएका छन्। तर उनले अहिलेसम्म केन्द्रमा प्रदेशको सरकारको नेतृत्व आधा आधा गर्ने बिषयमा कुनै भद्र सहमति भने नभएको प्रष्ट पारे । बुधबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि प्रदेश सभा सचिवालयमा संचारकमीहरुसँग संक्षिप्त कुराकानी गदै मुख्यमन्त्री राईले उक्त अभिव्यक्ति दिएका हुन् ।

गठबन्धन भित्रको ठूलो दल नेपाली कांग्रेसले यसअघि प्रदेश १ को सरकारको नेतृत्व आधा आधा हुनुपर्ने माग राख्दै आएको छ । बिशेष गरी कांग्रेस नेता शेखर कोइराला समूहले प्रदेश सरकारको नेतृत्व आधा कार्यकाल कांग्रेसले पनि गर्न पाउनुपर्ने माग उठाउँदै आएको छ ।

मुख्यमन्त्री राईले एक साताभित्र मन्त्रिपरिषद बिस्तार हुने पनि बताएका छन् । उनले बढीमा ११ सदस्यीय मन्त्री परिषद बनाउने गरी गृहकार्य भइरहेको पनि जानकारी दिए । मुख्यमन्त्री राईले भने,‘अबको साता दिनभित्र मन्त्रिपरिषदले पूर्णता पाउनेछ ।’

हाल रहेको सात मन्त्रालयलाई टुक्र्याएर ११ मन्त्रालय बनाउने गठबन्धनको नयाँ सरकारको तयारी छ । मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री राई कार्तिक १६ गते प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले चार मन्त्री र एक राज्यमन्त्रीको मन्त्रिमण्डल सोही दिन गठन गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com