२०८० चैत्र ५ - Mon Mar, 2024 -

Janasewa News

समाज सेवामा संघसंस्थाको भूमिका महत्वपूर्ण हुन्छ : खिलाराज रेग्मी

समाज सेवामा संघसंस्थाको भूमिका महत्वपूर्ण हुन्छ : खिलाराज रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। फोकस नेपालले आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उनले समाजको सेवामा सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताए ।

“मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छाशक्ति हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ”, उनले भने । उनले समाजभित्र देखिने विकृति, विसङ्गति, भ्रष्टाचार अन्त्यका लागि सङ्घसंस्थाले राज्यलाई घच्घच्याउनुपर्ने बताए ।

पूर्वअर्थमन्त्री तथा साहित्यकार शङ्करप्रसाद कोइरालाले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक संघसंस्था पुग्ने गरेको बताउँदै समाज विकासका लागि सामाजिक संस्थाको ठूलो भूमिका रहेको बताए । सामाजिक संघसंस्थाले सङ्गठित नागरिकको भूमिका खेलेको उनको भनाइ थियो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक संघसंस्थाले नजिक बनाएको बताए । सो अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com