कोभिड महामारी समाप्त भएको छैनः डब्लूएचओ
कोभिड महामारी समाप्त भएको छैनः डब्लूएचओ न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ । ‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड १९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ …