एक नं प्रदेशमा २९ जनामा कोरोना सङ्क्रमण

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २९ जनामा कोरोना सङ्क्रमण भएको छ ।

तीन सय ६५ जनाको पिसिआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा १५, मोरङमा आठ, सुनसरीमा तीन र इलाममा दुईजनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै १७ महिलासहित ३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुईजना पुरुषको मृत्यु भएको बताइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: